• २०८३ बैशाख ९ गते बुधवार

बृहत भेलाद्वारा पिनमा थप जिम्मेवारी प्रदान : ४०१ केन्द्रीय कमिटी विस्तार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौँ। प्रोगेशिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन)को बृहत भेलाले ४ सय १ कन्द्रीय कमिटी विस्तार गरी थप जिम्मेवारी प्रदान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को इन्जिनियरहरुको संगठन पिनको सोमवार काठमाडौँमा भएको बृहत भेलाले उक्त केन्द्रीय कमिटीको विस्तार गरेको हो ।

ई. सम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । ४०१ केन्द्रीय कमिटीमा ४५ सदस्यीय सचिवालय गठन गरेको छ भने १७ सदस्यीय केन्द्रीय कार्यालय रहने जनाएको छ ।

पार्टी फुटको बैधानीक रुपमा औपचारिकता प्राप्त गर्न लागेको समयमा पिनले थप जिम्मेवारी प्रदान गरेको छ । जसमा पार्टी फुटको बाटोमा अगाडी बढिरहेका पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूहका पदाधिकारीलाई पनि यथावत राखेको छ । माधव–प्रचण्डका नेतृत्वलाई संगठनले कुनै पनि कारवाही गरेको छैन ।

संगठनले १७ सदस्यीय केन्द्रीय कार्यालयको जिम्मेवारीमा अध्यक्ष इ. श्रेष्ठ नै रहनुभएको छ । त्यस्तै पाध्यक्षमा डा। सुरज लामिछाने, महासचिव डा. हरिराम लामिछाने, सचिव ई। सञ्जिव रोकाहा, कोषध्यक्ष ई. शिव मंगल गिरी रहनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस