• २०८३ भाद्र २ गते मङ्गलवार

मनिकृष्ण न्यौपाने माओवादी केन्द्रका सम्पर्क समन्वय विशेष प्रदेश समिति पदमा नियुक्ति

हरिश बम पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, कैलाली । लम्किचुहा नगरपालिका वार्ड न.७ बस्ने मनिकृष्ण न्यौपाने माओवादी केन्द्रका सम्पर्क समन्वय विशेष प्रदेश समिती जस्तो गरिमामय पदमा नियुक्ति हुनुभएको छ । सम्पर्क समन्वय विशेष केन्द्रिय समिति बसेको बैठकले न्यौपानेलाई प्रदेश समितिमा नियुक्त गरिएको हो ।

उहाँले खुसी व्यक्त गर्दै गरिमामय पदमा नियुक्ति हुनु भन्दा पहिले पनि प्रतिबद्धका साथ पार्टिलाइ साथ सहयोग गरेको नियुक्ति भैसके पछि झन प्रोत्साहित भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यसो त नेकपा माओवादीले पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर संगठनलाई सशक्त बनाउने निर्णय गरेको छ । माओवादी स्रोतका अनुसार अन्य ठोस जिम्मेवारी नतोकिएका केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेश समितिमा पदेन सदस्य रहने छन् । कार्यविभाजमा ठोस र मूर्त जिम्मेवारी निश्चित नभएका केन्द्रीय सदस्यहरूलाई छिट्टै ठोस जिम्मेवारी दिने पनि माओवादीले बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस