कात्तिक १६, रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार तिलोत्तमाको शंकरनगरमा लु २ ख २२१६ नम्बरको टिपरले ठक्कर दिंदा तिलोत्तमा-३ सिता राइसमिल नजिकै बस्दै आएकी प्रेमकुमारी आचार्यको आज बिहान मृत्यु भएको हो ।
शंकरनगरस्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिपर फरार भएको र टिपर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।