• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एमाले विधान महाधिवेशनमा समूहगत छलफल जारी (तस्बिरहरु)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १६, काठमाडौं ।  नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि समूहगत छलफल जारी छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो।

महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी भएका छन्। १० वटा समूह बनाएर तीन वटै प्रस्तावमाथि शनिबार बिहान ८ बजेदेखि नै छलफल सुरु गरिएको हो।

आइतबार प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सो महाधिवेशन समापन हुनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस