• २०८३ बैशाख ३१ गते बिहिवार

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल : टिकटको मूल्य एक हजार र दुई हजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १७ काठमाडौं ।  नेपाल र भारतबीच भोलि मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेल हुँदैछ। पाँच हजार १ सय दर्शकले रंगशाला भित्रै गएर खेल हेर्न पाउने छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शकलाई स्वास्थ्य मापदण्ड पूरा गरेर खेल हेर्न दिन अनुमति दिएको थियो। कोभिड-१९ विरुद्धको खोप लगाएकाले खेल हेर्न पाउनेछन्। खोप नलगाएकाहरुको हकमा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण हुनुपर्नेछ।

त्यसैगरी, खेल हेर्न टिकटको मूल्य पनि निर्धारण गरिएको छ। सामान्य टिकटको एक हजार रुपैयाँ र भीआईपी टिकटको लागि दुई हजार मूल्य निर्धारण गरिएको बताइएको छ।

खेलको टिकट प्रभुपेबाट खरिद गर्न सकिनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस