• २०८३ बैशाख १४ गते सोमवार

जसपा र कांग्रेस मिल्दा समेत केपी ओलीलाई हटाउन सकिँदैन : राजेन्द्र महतो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८,कैलाली। जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनुभएको छ । महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुनःस्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपासँग मात्रै रहेको छ, महतोले भन्नुभयो ।

आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताउदै उहाँले भन्नुभयो ‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ‌ओलीलाई हटाउने नेकपाले नै हो ।’ साथै उहाले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेको आरोपसमेत लगाउनुभयो ।

‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, कि दलको नेताबाट हटाउन सक्नुपर्‍यो नभए पार्टी फोरेर हटाउनुपर्‍यो’, महतोले भन्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस