• २०८३ बैशाख १० गते बिहिवार

चीन र रुसलाई टक्कर दिनका लागि नयाँ प्रविधिको हतियार बनाउन अमेरिकालाई सुझाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १८, एजेन्सी। चीन र रुसलाई टक्कर दिन नयाँ प्रविधिको हतियार विकास गर्न अमेरिकालाई सुझाव दिइएको छ ।अमेरिका र उसका मित्र राष्ट्रहरूले आर्ट्रिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बुद्धिमत्तायुक्त स्वचालित हतियार निर्माणमाथि विश्वव्यापी प्रतिबन्ध लगाउने कदमलाई साथ दिन नहुने अमेरिकी राष्ट्रपति र संसद्‌का लागि तयार पारिएको एउटा प्रतिवेदन सार्वजनिक भएको बीबीसीमा उल्लेख छ।

उक्त प्रतिवेदनमा कृत्रिम बुद्धिमत्ताले सैन्य निर्णयको समयावधिलाई कम गर्ने र मानिसले तत्काल गर्न नसक्ने निर्णयमा सैन्य प्रत्युत्तर दिने बताइएको छ। यसको साथै सो प्रतिवेदनमा रुस र चीनले त्यस्तो सहमतिको पालना नगर्न सक्ने चेतावनी पनि दिइएको छ।

क्याम्पेन टु स्टप किलर रोबोट्सका प्रवक्ता प्राध्यापक नोयल शार्कीले भने, उक्त प्रतिवेदन अचम्म र डरलाग्दो रहेको र कसलाई मार्ने भन्ने निर्णय लिने कृत्रिम बुद्धिमत्तायुक्त हतियारको प्रयोग बढाउँछ । पृथ्वीका वरिष्ठ कृत्रिम बुद्धिमत्तासम्बन्धी वैज्ञानिकहरूले यसको नराम्रो नतिजाको बारेमा चेतावनी दिएका छन्। तर यस्ता प्रयास अझै जारी रहेको बताइएको छ ।

कुल ७५० पानाको प्रतिवेदनमा सन् २०३० सम्म कृत्रिम बुद्धिमत्तामा विश्वभरि अग्रणी बन्ने चीनको महत्त्वाकाङ्क्षा कसरी सामना गर्ने भन्ने विषयमा लामो चर्चा गरिएको छ। यसमा कृत्रिम बुद्धिमत्ताको प्रयोगले सबै खाले सैन्य गतिविधिलाई परिवर्तन गर्ने तर गलत रूपमा निर्माण गरिएको अवस्थामा यसले युद्धको जोखिम बढाउने बताइएको छ। आयोगले सन् २०१९ को मार्चमा काम सुरु गरेको थियो र यो प्रतिवेदन यसको अन्तिम प्रतिवेदन रहेको जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस