• २०८३ बैशाख २७ गते आइतवार

नबिल बैंकले सार्वजनिक शौचालय सञ्चालन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । नबिल बैंकले काठमाडौंँका १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौँ महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो।

केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्यूरोड, कालीमाटी र शंखमुलस्थित बैंकमा सर्वसाधारणले निशुल्क शौचालय गर्न पाउने छन्।

शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस