• २०८३ बैशाख ८ गते मङ्गलवार

बेलायतमा कोरोनाविरुद्धको खोपले बिरामी हुने दर ८० प्रतिशतले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, एजेन्सी। बेलायतलमा कोरोनाविरुद्धको खोपले कोरोनाबाट बिरामी हुने दर कारण ८० प्रतिशतभन्दा धेरै घटेको पाइएको छ । बेलायतमा खोप लगाइसकेपछिको र लगाउनुअघिको तथ्याङ्कलाई गरिएको अध्ययनमा खोप लगाएका मानिसमा कोरोना सङ्क्रमण भए पनि गम्भिर अवस्थामा पुग्ने वा अस्पताल नै जानुपर्ने अवस्थालाई ८० प्रतिशत घटाएको पाइएको बीबीसीले जनाएको छ ।

बेलायतको स्वास्थ्य विभागले गरेको अध्ययनमा खोप लगाएको तेश्रो अथवा चौथो हप्तापछि सङ्क्रमण वा जटिल बिरामी हुने जोखिम कम भएको देखिएको हो । बेलायतमा प्रयोग भइरहेका अक्सफोर्ड, एष्ट्राजेनिका र फाइजर बायोएनटेकले उत्पादन गरेका खोपको पहिलो डोज लगाएका ८० वर्षमाथिका व्यक्तिमाथि अध्ययन गरिएको बीबीसीले जनाएको छ। दुवै खोपको पहिलो डोजले नै ८० प्रतिशत जोखिम घटाएको र दोस्रो डोजपछि जोखिम अझै घट्ने देखिएको बेलायती स्वास्थ्य विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस