• २०८३ बैशाख ३ गते बिहिवार

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको निर्णय, इजलास सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५,काठमाडौं । न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि बसेको न्यायाधीशहरुको बैठकले सो निर्णय गरेको हो ।

आफुहरुको माग बमोजिम नै इजलास गठन भएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखिएका कारण उक्त मुद्दाको सुनुवाई गर्ने निर्णय भएको बैठकमा सहभागी एक न्यायाधीशले बताए । न्यायाधीशहरुको यो निर्णय लगत्तै इजलास सुरु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस