• २०८३ असार ११ गते बिहिवार

ग्लोबल आइएमईको नाफा बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासको तुलनामा ५.०४ प्रतिशतले बढी हो ।

गत वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले एक अर्ब ५ करोड ८८ लाख रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफामा वृद्धि भएपनि प्रतिशेयर आम्दानी भने बढ्न सकेन । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसाबाट १ रुपैयाँ ७५ पैसाले घटेर २० रुपैयाँ ५७ पैसामा झरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस