• २०८३ जेष्ठ ९ गते शनिवार

एनपीएलमा प्लेअफको समीकरण पुरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफको समीकरण पुरा भएको छ । जस अनुसार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छन् भने पराजित भएको टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ । त्यस्तै इलिमिनेटरको विजेता दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित भएको टिम बाहिरिने छन् ।

अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आगामी मंगलबार खेल्ने छन् । त्यस्तै बुधबार इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्ने छन् । त्यसैगरी दोस्रो क्वालिफायर खेल विहिबार हुने छ भने दोस्रो सिजनको फाइनल खेल शनिबार हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस