• २०८३ असार ८ गते सोमवार

बार्सिलोनामा नै फर्कने मेस्सीको चाहना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, काठमाडौं । लियोनेल मेस्सीले फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । अर्जेन्टिनी स्टारले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा स्थापित गर्न सफल भएका थिए ।

हाल पेरिस सेन्ट जर्मेनमा रहेका मेस्सीको मन भने अझै क्याम्प नाउमा रहेको देखिएको छ । आफ्नो करियर अन्त्य भएपछि उनले कुनै न कुनै रुपमा बार्सामा नै फर्किने योजना पनि बनाउन सुरु गरिसकेका छन् । स्पोर्टसँगको अन्तरवार्तामा मेस्सीलाई ‘कुनै दिन बार्सिलोना फर्कने योजना छ कि छैन रु भनेर सोधिएको थियो । जवाफमा मेस्सीले भने, ‘छ, मैले जहिले पनि भनेको छु कि म क्लबलाई सहयोग गर्न खुसी हुनेछु ।

म कुनै दिन प्राविधिक सेक्रेटरी बन्न चाहन्छु । यदि सम्भव छ भने म पुनः क्लबलाई योगदान दिन चाहन्छु । किनभने त्यो मैले माया गरेको क्लब हो र त्यो माया सधैँ बढी नै रहन्छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस