• २०८३ कार्तिक १४ गते शुक्रवार

आज केही स्थानमा वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, काठमाडौं । आज पहाडी  भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार बिहान पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम  सामान्यतया सफा रहेको छ।दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी  र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस