• २०८३ असार ६ गते शनिवार

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५,धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ मा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ज२त ९२८ नम्बरको ट्याक्टर र ज ११ प ८००७ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे आपसमा ठोक्किदा लक्ष्मीनिया गाउँपालिका–१ का ४५ वर्षीय जुगेश्वर साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीचौकी लक्ष्मीनियाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस