• २०८३ बैशाख २७ गते आइतवार

गृहमन्त्रीद्वारा विपदमा परेकालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन । आज गृह मन्त्रालयमा बसेको विपद सम्बन्धी बैठकमा मन्त्री पौडेलले अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिएका हुन ।

मन्त्री पौडेलले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि बताउदै उनले बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस