• २०८३ असोज १९ गते सोमवार

पहिलो विदेश भ्रमणअन्तर्गत असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने भएको छ । उनी असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन् । गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन् । गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस