भदौ ३१, काठमाडौँ । केन्द्रिय अनुसन्धान ब्यूरोमा कार्यरत २६ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।