• २०८३ मङ्सिर २ गते मङ्गलवार

झापामा साताको २ दिन नि:शुल्क पीसीआर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, झापा । झापाको मेचीनगर नगरपालिकाले अब साताको दुई दिन नगरबासीको निस्शुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ ।

नगरमा कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलने क्रम जारी रहेपछि साताको हरेक आइतबार र बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने भएको नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत एवम् कोभिड संक्रमण नियन्त्रण कार्यदल सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

अहिलेको बिषम् परिस्थितिमा मेचीनगरले स्वाब संकलनलाई थप व्यवस्थित र नगरबासीको सहजताका लागि निश्चत समय र स्थान निर्धारण गरिएको कार्यदलले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस