बैशाख १८, काठमाडौं । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार १२८७ जना कोरोना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८२ हजार ३८२ जना कोरोनामुक्त भएका छन् । यस्तै मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २९८ जनाको मृत्यु भएको छ ।