बैशाख १८, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित बर्षा भइरहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केहि र तराईका भू(भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ। यस्तै राती प्रदेश नं १ लगायत देशका पहाडी भू(भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले देशका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैलाई अनुरोध गरेको छ।