चैत १९, महोत्तरी । महोत्तरीमा अज्ञात समूहले गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका ४ स्थित सेरामा गोली चल्दा बर्दिवास नगरपालिका -१ का रोशन कोईराला घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार गोली बुधबार बेलुका बजे चलेको हो । अज्ञात समूहले चलाएको गोली लागि घाइते भएका रोशनको बर्दिबासस्थित जनसेवा हस्पिटल उपचार भईरहेको छ । गोली कसले र किन चलाएको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।