• २०८३ बैशाख ४ गते शुक्रवार

न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, दाङ । उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमतीलाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेललाई प्रहरीले आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहका अनुसार गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध बरामद बरामद गरेका थिए । त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

तर, पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए। पोखरेललाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस