• २०८३ जेष्ठ ६ गते बुधवार

प्रधानमन्त्री ओली पोखरा जाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, कास्की । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने हुनुभएको छ । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली जहाजमार्फत् सोमबार करिब बिहान ११ बजे पोखरा पुग्नु हुनेछ । उहाँले गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ। यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। उक्त संबोधन पछि उहाँ आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल सहितका नेता पनि पोखरा पुग्ने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस