जेठ १८, काठमाडौं । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ ।आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित निवासमा उनको निधन भएको हो ।
फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय देखि घरमा थलिएका थिए । सुगर, प्रेसर रोगबाट समेत पिडित उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। चन्दकी एक छोरी र श्रीमती छन् ।