पौष १५, झापा। झापाको मेची नगरपालिका–८, मेची सडकबाट पाँच ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका–८ बस्ने २१ वर्षीय अंकित शर्मालाई पक्राउ गरेको हो ।
को३८प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।