• २०८३ असोज २७ गते मङ्गलवार

अछाममा बस दुर्घटना एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, अछाम। अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का नीरज कुँवर रहेका छन् । बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस