मंसिर १५, दाङ । जिल्ला प्रहरीले कार्यालय दाङले घोराही बजारबाट बिना बिल अबैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले २ सय ७३ ग्राम सुनसहित २ जनालाई बजारबाट समातेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले अबैध सुन लिएर बजारमा हिडिरहेको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनिहरुको साथबाट सुन बरामद गरेके हो । सुनसहित पक्राउ पर्नेमा घोराही १० नारायणपुरका पुर्ण जङ्ग सुनार र घोराही कपासिका खड्ग प्रसाद सुनार रहेको चन्दले बताए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । एसपि चन्दले घोराही बजारमा सुन लिएर हिडिरहेको प्रहरिले सुचना पाएपछि प्रहरीले पक्राउ गरेको र पक्राउ परेकाहरु सुन ब्यबसायी भएको खुलेको बताए । काठमाडौंबाट दाङमा ल्याइ बिक्रि बितरण गर्ने गरि चोरिका किनेर वा भन्सार छलेर सुन ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
साथै दाङ प्रहरीले पक्राउ परेका उनिहरुलाई थप अनुसन्धानसहित कारबाही गर्न राजस्व कार्यालय कोहलपुरलाई बुझाउने तयारी गरेको छ । यसअगाडि पनि प्रहरीले १ किलो सुनसहित बिभिन्न ब्यक्तिलाइ पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय पठाएको दाङ एसपी चंन्दले जानकारी दिए ।