• २०८३ भाद्र २ गते मङ्गलवार

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडौं । काठमाडौं महानगरपालिका १ मैत्रीनगर डेरा गरी बस्ने पर्सा, बीरगंज घर भएका ३० वर्षीय श्याम कुमार बिकको किराना पसलमा जुवातास खेलिरहेका चन्द्रागिरी नगरपालिका १५ का ४१ वर्षीय नवराज विश्वकर्मा समेत ५ जनालाई ३ बुक तास र नगद ११ हजार ६० रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौ महानगरपालिका ९ सिनामंगलस्थित लोक बहादुर प्रधानको फर्निचर उद्योगमा जुवातास खेलिरहेका कागेश्वरी मनहरा ७ बस्ने ५७ वर्षीय शिव थापा समेत ९ जनालाई ७ बुक तास र नगद १ लाख १ हजार ३ सय ५० रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशाला र बानेश्‍वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस