• २०८३ जेष्ठ २१ गते बिहिवार

क्रूप ! “लघुकथा”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : ३ मिनेट

छिमेकी देशभित्र भित्र गरीबी र बेरोजगारी ता छँदैछ त्यहिमाथी महंंगी र भ्रष्टचार लाई बढाव दिएपछि त्यँहाका जनतालाई हामीले सोस्तोमा कजाउन मात्रै सक्दैनौ । हामीलाई जोगाउन उनीहरु ढाल बन्नेछन । राजा मोहनले काजीलाई संझाउदै भन्छ । तर त्यो कसरी सम्भव होला ? महाराज  काजीले प्रश्न गर्छ , हुन्छ स साना तर आधारभूत उपभोग्य बस्तुहरुया कृतिम रुपमा अकाल श्रृजना गर्न लगाउ।त्यँहाको राज सुरविर लाई यो मेरो निमन्त्रर्ण पठाउ भन्दै काजिलाई राजाले अह्राउछ।

काजीले तुरुन्तै छिमेकको राजालाई बोलाई पठाउछ।त्यँहाको राजा सुरविर अत्यान्तै लाछि स्वभावको थियो । त्यसैले सुचना पाएको भोलि पल्ट आउने आस्वासन दीए अनुसार उ छिमेकमा पुग्छ। त्यहा उस्को बढो सत्कार हुन्छ काजी र मन्त्रिहरुले उस्लाई लिन हवाई हड्डामा पुग्छन छिमेकी राजाको ठुलो धुमधाम संग स्वागत गरिन्छ । महाराज छिमेक बाट राजा प्रवेश हुनु भएको छ।भन्दै काजीले सुचना दिन्छ । त्यहां मिटिङ्ग कक्षामा पहिलेई केहि देशका डुब्लिकेट अतिथी हरु बसालिएको थियो। छिमेकी राजा मोहन बडो चत्तुर थियो उस्लाई थाहा थियो । अर्को देशलाई कसरी आफ्नो अधिन राख्न सकिन्छ।

पहिलो एक नम्वर को अथिती लाई भन्छ मित्र तपाईको देशमा धेरै लागत केको छ ? महाराज अहिले चामलको धेरै लागत छ । पहिलो नम्वरको पाहुनाले भन्छ, त्यसो भए त्यसलाई केहि दिनको लागि कटौती गर्नुपर्छ ।हस् हजूर तर जनता भोकले मर्न सक्छन,उस्ले निरास्यता प्रकट गर्छ, कोई भोकले मर्दैन जति सुकै महंगो भए पनि खान्छन।भन्दै अर्को दुई नम्वर लाई सोध्छ, हजूरको के बढि लागत छ, सर, हाम्रोमा अहिले चिनीको लागत बढी छ।त्यसो भए त्यो केहिदिनलाई कन्ट्रोल गर । जी महाराज भन्दै दुई नम्बरकोले समर्थन गर्छ । उनिहरु त्यंहाको राजाले आफै बनाएका अतिथिहरु थिए जो तेस्रो नम्वरको लाई बेबकुफ बनाउन । हजूर त देशको राजा हुनु हुन्छ भन्नुस के के समानको त्यँहा बढी खपत छ ।

अब छिमिकी राजा सुरविर अपठ्यारोमा पर्छ हाम्रो त गरिब देशहो धेरै जसो उपभोग्यका बश्तुहरु यहि बाट आयात गर्छौ।त्यसो भय चीनी चामल प्याज,कोरोसिन र औषधी लाई कन्ट्रोल गराउँ१भन्दै केही रकम यो आर्थिक सहयोग भन्दै केही रकम दिन्छ । राजा जस्तो हजूरले भन्नु हुन्छ भन्दै रुपियाको गड्डी व्यगमा राख्दै आफ्नो गन्तव्य तिर लाग्छ । देशमा पुगेपछि समान हरुमा बिस्तारै कटौती गर्छ, बजारमा सामान नभए पछि र माग धेरै भए पछि देशमा महेँगी र काला बजारी चरम सिमाना मा पुग्छ।
देशमा गृहयुध्द को अवस्था श्रृजित हुन्छ । त्यसैको फाईदा उठाएर छिमेकीले निर्यात गर्दैन।गोदामहरुमा समान सड्छन तर जनतालाई त्यो उपयोगको बश्तु डबल मूल्यामा किन्नु पर्छ । राजाले देशका जनतालाई झुठ बोलेर कृतिम अनिकालको श्रृजना गराए पछि छिमेकीले देशको सार्वभौमिक्ता र अखण्डता माथी धावा बोल्छ । जब देशमा गृहयुद्ध चर्किन्छ त्यसलाई समाधान गर्न छिमेकी राजालाई बोलाउ छ । सरकार मेरो कुर्चि जानथाल्यो हजूरले जे भन्नु हुन्छ म तयार छु , मेरो कुर्चि जोगाई दिनु पय्रो भन्दै छिमेकी राजाको सरणमा जान्छ । राजा सुरविर तेरो कुर्चि कतै जाँदैन मैले जे भन्छु मानि राख भन्दै उ सँग एउटा सन्धि गर्छ।

त्यो सन्धिले राजालाई सदै छिमेकी राजाको अधिन राख्छ।भित्र भित्रै देशको सार्वभौमिकता उस्ले खोसीसकेको थियो । प्रजालाई गास र बास चाहिन्थ्यो जो जस्ले दिए पनि सुरविर राजाको राज्य छिमेकी राजाले मोहनले क्रूप पारेर सदै कट्पुत्ली जस्तै नचाउँन थाल्यो।आखिर देशलाई त्यो छिमेकि राजाले आफ्नो अधिनस्त पार्न त्यहांका बहुमत जनताले नै मदत गर्न थाले । जो उसैका पिठ्यु थिए।जस्लाई सन्धिको माध्यायबाट भित्राईएको थियो । त्यसैको फाईदा उठाएर त्यो देशमा छिमेकी राजाको राज छ।

Sharing

प्रतिक्रिया दिनुहोस