बैशाख १८, काठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो ।

ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । हिजै मात्र अभिनेता इरफान खानको निधन भएको थियो ।