• २०८३ असार १३ गते शनिवार

मन्त्री भुषालद्धारा पार्टी नेतृत्वलाई तीन सुझाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १७, काठमाडौं । कृषिमन्त्री एंव नेकपाका नेता घनश्याम भुषालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको समस्यालाई वार्ता तथा छलफलको माध्यमबाट नै समाधान गर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालबाट एक सन्देश दिदै उहाँले जनताले दिएको जनमतलाई मध्यनजर गर्दै पार्टीका आन्तरिक विवादलाई समस्या समाधान गर्नुको अर्को विकल्प नभएको उल्लेख गर्नुभएको हो ।

विवाद समाधान गर्न तीन वटा सुझाव समेत दिनु भएको हाे । मन्त्री भुषालले नहडबडाउँ, संवाद गरौं र संस्थागत प्रणालीभित्रै समाधान खोजौं भनेर सुझाव दिनु भएको हो ।

यस्तो छ उहाँको सन्देश

२०५४ सालमा नेकपा एमाले लाेकप्रियताकाे शिखरमा थियाे, फुट्याे । र २०४७ सालकाे प्रजातन्त्र अस्थिर हुँदै गयाे ।
• २०६४/६५ मा नेकपा माअाेवादी प्रलयकारी शक्तिकासाथ अगाडि अायाे । र विभाजनकाे प्रक्रियामा गयाे ।
• अाज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्।
• समस्याले उपयुक्त समाधान खाेज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ।
• पार्टीको एकता बचाउन, लाेकतन्त्र र समाजवादका मूल्यहरुकाे जगेर्ना गर्न :
पहिलाे, नहडबडाउँ
दाेस्राे, संवाद गराैं
र तेस्राे, संस्थागत प्रणालीभित्रै समाधान खाेजाैं ।
• अाज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बाेधकाे एेतिहासिक गम्भीरता माग गरेकाे छ।

Sharing

प्रतिक्रिया दिनुहोस