• २०८३ भाद्र २६ गते शुक्रवार

लकडाउनलाई सफल पार्न थबाङ गाउँपालिका वडा नं २ द्धारा स्वंमसेवकहरुलाई अभिखिकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७,रोल्पा । कोरोना भाईरसले विश्व आक्रान्त पारिरहेको समयमा यस बाट बच्न तथा नागरिकलाई सचेत पार्नको लागी थबाङ गाउँपालिका वडा नं २ ले स्वंमसेवकहरुलाई भौतिक दुरि कायम गरी अभिखिकरण कार्यक्रम सम्पन्न गरेका छ ।  वडा अध्यक्ष बसन्त रोकाको अध्यक्षता बसेको बैठक तथा अभिमुखिकरण कार्यक्रमबाट स्वंमसेवकहरुलाई अभिखिकरण, स्वंमसेवकहरुलाई परिचालन र स्वंमसेवकहरुको समन्वय कर्ता समेत छनोट गरिएको छ ।

थबाङ गाउँपालिका वडा नं २ का नागरिकहरुलाई कोरोना भाईरसबाट बच्न र सचेत बनाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र गाउँटोलमा आउने व्यक्तिहरुको विवरण संङ्कलन गर्नको लागी सजिलो होस भनेर युवाहरुलाई स्वंमसेवकको रुपमा परिचालन गरिएको वडा अध्यक्ष बसन्त रोकाले बताउनु भयो ।  अभिमुखिकरणमा स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले बच्ने र बचाउने अभियान र गाउँ टोलमा कोरोना सम्बन्धि कसरी जनचेतना फैलाउने,वडाका नाकाहरुमा स्वंमसेवक परिचालन गर्ने, स्वंमसेवकहरुको समन्वयकर्ताको रुपमा वडा सदस्य अभिलासा रोका मगरलाई तोकिएको समेत उहाले बताउनु भयो ।

स्वंमसेवकहरुलाई अभिखिकरण , परिचालन र स्वंमसेवकहरुको समन्वय कर्ता छनौठ कार्यक्रममा थबाङ गाउँ कार्यापालिका सदस्य धनकुमारी रोका मगर,वडा सदस्य अभिलाषा रोका मगर, ईलाका प्रहरी कार्यालय थबाङका प्रहरी साहायक निरिक्षक सुमन ओझा,स्वंमसेवकहरु उपस्थित रहेको वडा सचिव चोलाकान्त पाण्डेयले बताउनु भयो । स्वंमसेवकहरुले दैनिक गरेका कार्यहरुको वडा रिर्पोटिङ गर्ने र समन्वयकर्ता तथा वडा अध्यक्षको मातहतमा रहि काम गर्ने वडा सचिव पाण्डेयले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस