चैत १६, बुटवल । प्रदेश ५ को सरकारले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा उपचारको लागि १० करोड रुपैयाँको कोष खडा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश सरकारबाट १० करोडको कोष स्थापना गरि राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखामा खाता सञ्चालनमा ल्याइएको जनाएको छ ।
सहयोग गर्न चाहने महानुभाव र संघ संस्थाहरुले कोरोनो भाइरस (कोभिड–१९) तथा नियन्त्रण तथा उपचार कोष, खाता नम्वर ३१२०५०३०००३०१ उपलब्ध गराइएको छ ।