• २०८३ बैशाख ७ गते सोमवार

पाल्पामा टिप्परको ठक्करबाट एकको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, पाल्पा। पाल्पामा टिप्परको ठक्करबाट एकको मृत्यु भएको छ । पाल्पाको माथाबाट सुनवल तर्फ भित्री सडक खण्डबाट गईरहेको लु ४१ प १८१० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आउदै गरेको लु २ प २०३१ नम्बरको टिप्परले पाल्पा जिल्ला माथागढी गा.पा. ५ ढावामा दिउसो १ बजे ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट स्कुटी चालक रुपन्देही जिल्ला देवदह नगरपालिका वडा ६ बस्ने करिव ४६ वर्षका तुaलसिङ सिङकिजा घाईतेका थिए ।

घाइतेको उपचारको क्रममा जेनस अस्पताल वुटवलमा शनिबार साझँ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस