मंसिर १३, रोल्पा । रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नं ४ जिलाखोला भन्ने स्थानमा दुई जना पुरुषको श’व भेटिएको छ । अन्दाजी ३० देखी ३५ वर्षका पुरुषको श’व सड्न थालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरिक्षक सन्तोष के.सीले जानकारी दिनुभयो ।
शुक्रबार साझ साढे ७ बजे तिर माछा मार्न गएका स्थानियहरुले श’व देखेपछि प्रहरीलाई खबर गरे लगतै हिजो नै प्रहरी त्यस स्थानमा पुगेको थियो । श’व कम्तीमा पनि २०/२५ दिन पुरानो रहेको हुनसक्ने प्रहरीको अनुमान छ । श’व पोस्ट’मार्टमका लागि दिउसो ३ बजे तिर जिल्ला अस्पताल रेउघा पठाइएको छ । ती व्यक्तिको पहिचान गर्ने र मृुत्युको विषयमा अनुसन्धान गर्ने काम भइरहेको प्रवक्ता के.सी जानकारी दिनुभयो ।