• २०८३ असार १० गते बुधवार

बेपत्ता आयोगको टोली मुगुमा , वडाको सिफारिस भए मात्र परिचय पत्र दिन

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर १३, मुगु । हिमाली जिल्ला मुगुमा बेपत्ता , द्धन्द्ध कालमा मृत्यु भएका व्यक्तिको मलम लगाउन , छानबीन गर्न वेपत्ता आयोग नेपालको टोली जुम्ला हुदै मुगुमा पनि पुगेको छ ।


शनिवार सदरमुकाम गमगढी बजारमा यहाका स्थानीय तहका जनप्रतिनिध , समन्वय प्रमुख , राजनितिक दलका नेता , सुरक्षाकर्मी , प्रमुख जिल्ला अधिकारी , द्धन्द्ध पिडितका आफन्त सँग आयोगका सुनिल रञ्जन सिंहको नेतृत्वमा मुगुमा पुगेको टोलिले अन्तरिक्रिया कार्यक्रममा यस्तो बताईएको छ ।


अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुगु जिल्ला अध्यक्ष सुकविर बुढाका अनुसार कि श्वास चाहियो कि लास चाहियो भन्ने गित मार्फत व्यङग्य प्रस्तुत गर्नु भएको छ । उनले भने सम्बन्धित स्थानीय तहका वडा अध्यक्ष मार्फत यो द्धन्द्ध पिडित हो , भनेर सिफारिस नगराए सम्म परिचय पत्र वितरण नगर्ने उनको माग रहेको छ ।  उनले भने पहिचानको आधारमा मात्र परिचय पत्र वितरण गरिनु पर्ने उनको माग रहेको थियो । त्यस्तै छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीका अनुसार द्धन्द्ध पिडितहरु लाई स्थानीय तह बाट हुन सक्ने सेवा सुविधा र अन्य कुनै प्रक्रिया बाट हुन सक्ने सेवा गर्न सकिने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य सिंहका अनुसार अहिले हामि परिचय पत्र वितरण गर्दनौ उनले भने पहिचानको आधारमा मात्र परिचय पत्र वितरण हुने उनको भनाई रहेको छ । अहिले आफुहरु परिचय पत्र वितरणमा लाग्दैनौ सम्बन्धित व्यक्ति द्धन्द्ध कालमा पिडित होकि होईन , कसरी मृत्यु भएको हो सम्बन्धित शव स्थलमा पुगि डिएन ए परिक्षण गरि अन्त परिचय पत्र वितरण गरिने र यदि सो नभएमा कुनै पनि राज्य बाट प्राप्त हुने राहत , सहयोगहरु पाउन बाट बञ्चित रहने उनको भनाई रहेको छ । उनले भने मुगु जिल्लामा २५ जना बेपत्ता रहेको आयोगको तथ्यांकमा रहेको पनि जानकारी गराए ।

यता अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका छनकि आफुहरुले द्धन्द्धमा धिरेन्द्र मल्ल र हिरा नेपाली गरि दुई जनाको मात्र नाम सुनेका थियौ आयोगको तथ्यांकमा २५ जना बेपता रहेको जानकारी गराए ।  आयोगको तथ्यांक अनुसार २५ जना मध्ये स्थलगत रुपमा गई थप अथवा कम हुने र सत्य तथ्य छानबिन हुने जिल्ला समन्वय समितीका प्रमुख पुर्ण बहादुर रोकायाले जानकारी दिए । द्धन्द्ध पिडितहरु नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको पहिचान र छुटेका व्यक्तिहरुको उजुरी लिने उद्देश्यले यो समयमा टोली कर्णालीमा पुगेको आयोगको टोलिले बताएको छ ।

उहाँले आयोगको कार्य क्षेत्र भनेकै छानबीन तथा अनुसन्धान भएकाले यसको मूल लक्ष्य तथा उद्देश्य भविश्यमा द्वन्द्व दोहोरिन नदिने सिंहले बताए । उहाँका अनुसार साविकको कर्णालीको कालीकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको बताईएको छ । साथै वेपतामा परेकि हिरादेवि नेपालीकि पिडित भतिजि राजु नेपालीका अनुसार आफ्नी फुपु एक शिक्षक हुनु हुन्थ्यो विद्यालय बाटै तपाई लाई महिला संधको अध्यक्ष बनाई दिन्छु भनेर विभिन्न प्रकारका प्रलोभन , लान्छना देखाई विद्यालय बाटै फुपु लाई माओवादि धारले लगि बेपत्ता पारेको उनको बुझाई रहेको छ । उनले थपिन २० वर्षे पहिले देखि हाल सम्म राज्यले कुनै पनि राहतका कुरा त उतै जावस कुनै पनि घाउमा मलम लगाउनु प्रयास पनि नगरेको उनको तर्क छ ।

एकातिर विश्व महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्वनै आक्रान्त पारि रहेको अवस्थामा र यस्तो महामारीका कारण आयोगले नतिजामुखि काम गर्न नसकेको स्वीकार्दै सदस्य सिंहले कर्णाली र सुदुरपश्चिमलाई प्राथमिकता राखेर मुगु पुगेको आयोगले बेपत्ताहरुको छानबीन, अनुसन्धान र पहिचानका कार्य अगाडि बढाउने जनाउनु भएको थियो ।
द्धन्द्धमा वेपत्ता भएका भन्दै उजरी परेका व्यक्तिका नामावली:

 

 

Sharing

प्रतिक्रिया दिनुहोस