• २०८३ बैशाख ५ गते शनिवार

कालिकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, कालिकोट । कालिकोट जिल्लामा कोरना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

जिल्लामा हालसम्म २४५ जनामा सङ्क्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या दुई जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिनुभयो । जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या चार रहेको थियो । दुई जना संक्रमित निको भएर घर र्फकेको हो । हाल कोरोना विशेष अस्पतालमा दुई जना मात्र रहेको छ ।

कोराना सङ्क्रमण निको भएर हालसम्म २४३ जना घर फर्किएका र हालसम्म ६६४९ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उहाँले बताउनुभयो ।

नौ स्थानीय तहमध्ये रास्कोटमा ३५, खाँडाचक्रमा २३ , तिलागुफा नगरपालिकामा ३१ , पलाँतामा तीन, सान्नी त्रिवेणीमा ३८, नरहरिनाथमा ४३ , शुभकालिकामा ३७ , महावैमा १३ , पचालझरना गाउँपालिकामा दुई र अन्य जिल्लाका १७ जनामा कोरोना सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस