• २०८३ बैशाख २५ गते शुक्रवार

साबुन उद्योगमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२ , मकवानपुर । हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको एक साबुन उद्योगमा आगलागी भएको छ । सोमबार विहान विद्युत आपूर्ति भईरहेको तार सर्ट हुँदा महाशक्ति सोप उद्योगमा आगलागी भएको हो ।

तार सर्टभई लागेको आगोले सो उद्योगको कार्टुन गोदाम नष्ट भएको छ । हेटौँडा उपमहानगरपालिकामा आगलागी भएपछि दमकल, औद्योगिक सुरक्षाका सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टामा आगो नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय, पशुपतिनगरले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट उद्योगको करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको जनकारी आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस