भदौ १२, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४१५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर ९२७ जना संक्रमित थपिएका छन् ।