• २०८३ बैशाख ८ गते मङ्गलवार

२ सय पत्रकारको कोरोना परीक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा करिब २ सय जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीहरुमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो ।


देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मीहरु पनि जोखिममा रहेपछि उपत्यकामा २ सय जनाको परीक्षण गरिएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस