अपराधीहरु को जस्तै यो सहर लाग्यो,
प्रत्येक मान्छेको बोलिमा जहर लाग्यो।
सकिन म लड्न जिन्दगिको सफरमा,
किन बाँच्ने भन्दा नि मर्ने रहर लाग्यो।
कयौँ मरेर नै बाँचेका धेरै जिउँदा लाश,
यो समाजमा मुर्दाहरुको लहर लाग्यो।
जता पनि कुहिराले ढाकेको दिनरात,
पग्लिने हिम झैँ आँसु को नहर लाग्यो।
जिउँने चाहत नभएका नि बाँचेका छन,
अर्काको लागि बाच्नु पर्ने कहर लाग्यो।
गल्तीले आएछौँ मुर्दाकै सहरमा हामी
योभन्दा त आफ्नै ठाउँको पहर लाग्यो।
यहाँ को गगन चुम्ने महल भन्दा शुन्दर
स्यान पोखरीकै त्यो पिपल बहर भयो।
सकिन म लड्न जिन्दगिको सफरमा,
किन बाँच्ने भन्दा नि मर्ने रहर लाग्यो।