• २०८३ जेष्ठ २८ गते बिहिवार

लालीबजार फिल्मलाई मुद्दा हाल्ने रोशनी वादी प्रहरी नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

सर्वोच्चमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाई भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । फिल्म ‘लालीबजार’ को मुद्दामा आजको सुनुवाई न्यायाधीशद्धय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको छ ।

आदेश आउन बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस