• २०८३ असोज २६ गते सोमवार

सञ्चारमन्त्री गुरुङद्वारा इमान्दारीका साथ काम गर्न आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ११, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नुभयो ।

रत्न–धर्म स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले उच्च नैतिकता र इमान्दारिताका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताउनुभयो ।

मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक सङ्घसंस्थालाई समेत आह्वान गर्नुभयो । उच्च नैतिकता र इमान्दारिताका साथ काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी डिबी खड्काद्वारा लिखित ‘कल्पना र बेदना’ तथा ‘सपना र सिर्जना’ नामक कविता सङ्ग्रह र ‘जुँगुदेखि मुगुुसम्म’ नामक आफ्नो अनुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका उपरथी डा सहदेव खड्कालाई सम्मान गरिएको थियो । मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी खड्काले उच्च माध्यामिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएको चर्चासमेत गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस