असोज ११, हेटौंडा। मकवानपुरमा सामरी खोलाले बगाउँदा आज एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका ६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्याएको प्रहरीले जनाएको छ ।