जेठ ६,कैलाली । गोदावरी नगरपालिका-४ बुढीतोलास्थित रोशन हाई-वे एण्ड खाजा घरबाट २ सय ८० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित सोही खाजा घरका सञ्चालक २७ वर्षीय शंकर विष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विष्टले उक्त वस्तु बेचिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तु सहित फेला परी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।