• २०८३ बैशाख २९ गते मङ्गलवार

भारतबाट आएका सुर्खेतका एक युवकको मृत्यु , स्वाव संकलन गरेर परीक्षण गरिदै

भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, सुर्खेत । भारतको गुजरातबाट आएका सुर्खेतका एक युवकको मृत्यु भएको छ। पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो।

उनको मंगलबार राति साढे १२ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। ‘भारतबाट आएका नागरिक बसमै विरामी भएर उपचारका लागि प्रदेश अस्पताल ल्याएको कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले बताए । युवकको मृत्यु चेकजाँच गर्ने क्रममा मृत्यु भइसकेको पौडेलले बताए । मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका हुन्। अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ। ‘भारतबाट आएको भएकाले उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको डा. पौडेलले जानकारी दिए । रिपोर्ट ‘दिउँसोसम्म आउने उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस