• २०८३ जेष्ठ ५ गते मङ्गलवार

बैंक तथा वित्तिय संस्थाहरुबाट सुनिलस्मृतिको प्रकोप खातामा रकम जम्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १५, रोल्पा । बैंक तथा वित्तिय संस्थाहरुबाट सोमबार सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले आह्वान गरेको प्रकोप व्यवस्थापन कोषमा रहात रकम जम्मा गर्नुभएको छ । बैशाख १० गते गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सहकारी, वित्तिय संस्था तथा बैंकहरुसँगको छलफलमा गाउँपालिकाले आह्वान गरेको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गर्ने प्रतिवद्धता अनुसार ३४०२१ रुपैया जम्मा भएको ग्लोवल आई.एम.ई. वैक सुलिचौर शाखामा कार्यरत कर्मचारी आदर्शराज सुवेदीले जानकारी गराउनुभयो ।

जस अनुसार ग्लोवल आई.एम.ई. वैक सुलिचौर शाखामा कार्यरत कर्मचारीहरु उदय कुमार शर्मा, परेश विष्ट, आदर्शराज सुवेदी, प्रवल पोख्रेल र प्रतिभा गिरीबाट रु १० हजार १ रुपैया, एन.सी.सी. बैंक सुलिचौरमा कार्यरत कर्मचारीहरु जिवन थापा, जग बहादुर पुनमगर, सरोज आचार्य, सुकमन वुढाथोकी र अनिता घर्तीमगरबाट रु ७ हजार, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सुलिचौरमा कार्यरत कर्मचारीहरु टिकाराम बस्याल, श्रीधर रिजाल, निर्मला घर्तीमगर, दुर्गा कुमारी खड्का र विष्णु प्रसाद सुवेदीबाट रु ५ हजार ५ सय, चौतारी लघुवित्त वित्तिय संस्था लि. सुलिचौरमा कार्यरत कर्मचारीहरु भेषराज खनाल, प्रकाश खत्री, बसन्ती सेन, सुशिला पुरी कवर र हेमराज पुनबाट रु ५ हजार १० रुपैया, कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड सुलिचौरमा कार्यरत कर्मचारीहरु युविन सुनारी, रेश्मा श्रेष्ठ, सम्यक थापामगर र रेनुका वुढाथोकी बाट ४ हजार ५ सय १० रुपैया, स्वदेशि लघुवित्त वित्तिय संस्था सुलिचौरमा कार्यरत मधुसुदन अर्यालबाट रु १ हजार र मिर्मिरे लघुवित वित्तिय संस्था लिमिटेट सुलिचौरमा कार्यरत थम बहादुर खत्रीबाट रु १ हजार रुपैया जम्मा भएको छ ।

यस विपतको समयमा स्थानीय सरकारलाई सहयोग गर्नुहुने वित्तिय संस्था तथा बैंकहरुलाई गाउँपालिका अध्यक्ष घर्तीले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस