• २०८३ बैशाख १८ गते शुक्रवार

बाली विदेशी पर्यटकका लागि खुला नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिमको कारण इन्डोनेसियाको बाली द्वीप पर्यटकहरूको लागि खुला नहुने भएको छ ।इन्डोनेसियाको बाली मनपर्ने पर्यटन गन्तव्य हो । इन्डोनेसियामा बढ्दो कोभिड १९ को घटनालाई ध्यानमा राखेर यो निर्णय स्थगित गरिएको जनाएको छ । बालीका गर्भनर भयान कोस्टरले विदेशी पर्यटक ल्याउन अनुकुल नरहेको बताएका छन् ।

बालीमा कोरोना भाइरसको संक्रमण ४ हजार ५७६ पुगेको छ भने ५२ जनाको मृत्यु भइसकेको छ ।इन्डोनेसियामा १ लाख ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ भने ६ हजार ७५९ जनाको ज्यान गइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस