• २०८३ बैशाख १० गते बिहिवार

स्थायी समिति बैठक प्रधानमन्त्री ओली अनुपस्थित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएको छ ।

शुक्रबार दोस्रो दिनको बैठकमा सदस्यहरुले सातवटा एजेण्डामा केन्द्रीत रहेर धारणा राख्नेछन् । बुधबार बसेको पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो ।स्रोतका अनुसार बैठकमा अनुपस्थित भए पनि प्रधानमन्त्रीले आफ्नै कक्षबाट बैठकका कुरा प्रत्यक्ष सुनिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस